प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवन सहज र सरल बनाउने काममा उपयोग गराउन सरकार लागि पर्ने बताएका छन् । एमाले निकट युवा सङ्घ नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘विकासको तीर्खाबाट हामी ग्रस्त छौं। त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔं। हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानूनी प्रबन्धमा पनि जानुपर्छ,’ उनले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ। यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ।’
उनले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए।
Discussion about this post