Skip to main content

Khabar Samachar

Search
Close this search box.

भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा

210
VIEWS

डिफेन्डिङ च्याम्पियन बंगलादेशले आइतबार लगातार दोस्रो पल्ट वुमेन्स साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई सजिलै ७–१ ले हरायो ।

बंगलादेश दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको समग्रमा तेस्रो पल्ट हो । बंगलादेशले पछिल्लो पल्ट २०२२ को सेमिफाइनलमा पनि भुटानलाई पराजित गरेको थियो । हारसँगै भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् । उनले १२, ३५ र ५८ औं मिनेटमा गोल गरिन् । कप्तान सविना खातुनले २६ र ३७ औं मिनेटमा दुई गोल गरिन् । रितु पोर्ना चम्काले सातौं मिनेटमा गोलको खाता खोलेकी थिइन् ।

खेलको ७२ औं मिनेटमा सिउली अजिमले सातौं गोल गरिन् । भुटानका तर्फबाट डेकी ल्हाजोमले ४१ औं मिनेटमा एक गोल फर्काइन् । प्रतियोगितामा उनको यो आठौं व्यक्तिगत गोल हो र उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित