Khabar Samachar

Search
Close this search box.

गुल्मीको डहरे खोलामा पक्की पुलको शिलन्यास

216
VIEWS

गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६, स्थित डहरे खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको छ। यहाँको रिडी (रुद्रावेणी–वामीटक्सार) सडकखण्डमा पर्ने डहरे खोलामा मोटरेबल पुल निर्माण आइतबार शिलान्यास गरिएको हो।

पुलको शिलन्यास गर्दै गुल्मी क्षेत्र नं १ का सांसद डाक्टर चन्द्र भण्डारीले बर्षौदेखि नागरिकले खेप्दै आएको ठुलो सास्ती चाँडै नै अन्तहुने बताउनु भयो ।

उहाँले नागरिकहरुको समस्यालाई मध्यनजर गरेर पटक पटकको ठूलो संर्घषका कारण योजना समावेश गरि काम शुरु गरेको जानकारी गराउनु भएको छ । वषौदेखि त्यस क्षेत्रका नागरिकहरुले पाउँदै आएको दुख र सास्तीलाई हेरेर समयमै काम सम्पन्न गर्न सांसद भण्डारीले निर्माण व्यावसायीलाई आग्रह समेत गर्नुभएको छ ।

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डहुँदै बाग्लुङ्को बुर्तिवाङ्सम्म आवजतजावतका लागि अतिनै ब्यस्तहुने डहरे खोलामा पक्की पुल नहुँदा नागरिकहरुले ठूलो समस्या भोग्दै आईरहेका थिए । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डमा चारवटा पुलहरुको प्याकेजमा निर्माण शुरु गरिदै छ । एउटै ठेक्का मार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको छ ।

राजेश्वरी–लुम्बिनी जेभीले पुल निर्माणको सम्झौता गरेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख इन्जिीनियर रामपुकार जैसवालले जानकारी दिनुभएको छ । निर्माण व्यावसायीले ०८० जेठ २२ गते पुल निर्माणको सम्झौता गरे पनि पुलको डिजाइन पनि निर्माण व्यावसायीलेनै गर्नुपर्ने भएकाले ढिला काम सुरु भएको इन्जिीनियर जैसवालले बताउनुभयो । उक्त पुलको ०८२ साउन २२ गते निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चारवटै पुल निर्माणको लागि संघिय बजेट मार्फत २२ करोड ३१ लाख रुपैयाँ लागत लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सरकारले काम गरेको रकम समयमै भुक्तानी गरे सम्झौता समय अगाडिनै आफुले पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यावसायी भागवत गिरीले बताउनु भयो । पुल शिलन्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणी पाण्डेय, यमु गैरै लगायत स्थानीय जनप्रतिनधि एवं सर्वसाधारणको उपस्थिती रहेको थियो । पुल निर्माण कार्य शुरु भएसँगै त्यस क्षेत्रका नागरिहकरुको बर्षौदेखिको सपना पुराहुने विश्वास गरिएको छ ।

नेता भण्डारीले छिटोभन्दा छिटो पुल निर्माणका लागि आफूले निरन्तर पहल गर्ने बताउनुभयो। पुल निर्माण भएपछि सवारी साधनसँगै यहाँका नागरिकलाई आवतजावतमा महत्त्वपूर्ण सहयोग हुने उहाँको भनाइ छ।

राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले डहरे खोलामा पुल निर्माण भएपछि यो क्षेत्रकै विकासमा नयाँ आयाम थपिने बताउनुभयो।

लुम्बिनी प्रदेशका सांसद चिन्तामणि पाण्डेय, यमु गैरे, जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेयलगायतले धारणा राख्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित