Khabar Samachar

कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट करीव एक दर्जनको नाम सिफारिस

204
VIEWS

मंसिर १६ गते हुने निर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट करीव एक दर्जनको नाम सिफारिस भएको छ ।

कीर्तिपुर नगर समितिले उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको हो । सिफारिसको पहिलो सूचीमा नगर समिति सभापति कृष्णमान डंगोलको नाम छ ।

उनी आफैंले आफ्नो नाम पहिलो नम्बरमा राखेर अरु सबै आकांक्षीको नाम सिफारिस गरेका हुन् । अन्य आकांक्षीमा बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् ।कार्यकाल पूरा नगरी निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी जमुनाको नाम समेत चौथो नम्बरमा सिफारिस गरिएको छ ।
कीर्तिपुरको मेयरमा एमालेबाट डा.सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवलाल महर्जनको नाम सिफारिस भएको छ । राप्रपाबाट पूर्व मेयर ध्रुर्व महर्जन उम्मेदवार बन्ने तय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित