Khabar Samachar

Search
Close this search box.

मन्त्रीसँग जापान जान १० देखि १३ लाखसम्म बुझाएको बयान

206
VIEWS

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले १० देखि १३ लाखसम्म बुझाएको बयान दिएका छन्।

मानव तस्करीमा मुछिएको भन्दै मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिएका थिए।

मन्त्री अधिकारीसँगै उडेका तीन जना र कीर्ते कागजात बनाउनमा संलग्न तीन जना गरी ६ जनामाथि अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

जापानको अध्यागमनले मन्त्रीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेको थियो।

उनीहरूले आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै परिचय पत्र बोकेका थिए।

‘दुई जनाले मन्त्रालयको कार्ड बनाएका रहेछन्। एक जनासँग पालिकाको कार्ड थियो। एटिएम कार्ड जस्तै प्रकृतिको कार्ड भिरेर गएको पायौं,’ प्रारम्भिक अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘त्यही सरकारी कागजात कीर्तेमा अनुसन्धान थालेका हौं।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन कार्यालयबाट पत्राचार भएपछि तीनै जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका तीन जनाले कागजात बनाउन सहयोग गर्नेहरूको नाम भनेका थिए। उनीहरूले आफूहरूसँगै मन्त्रीसमेत गएको बयान दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित