Khabar Samachar

समयमै कार्य सम्पन्न नगर्ने एक दर्जन बढी कम्पनी कालोसूचीमा

208
VIEWS

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक दर्जन निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

विभिन्न ठाउँमा निर्माणको ठेक्का लिएर समयमा काम नगरेपछि विभिन्न निकायहरूको सिफारिसमा १२ निर्माण कम्पनी र आपूर्तिकर्ता एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा परेका हुन्।कार्यालययले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको कान्छाराम/एनबी जेभीको कान्छाराम कन्स्ट्रक्सन र एनबी कन्स्ट्रक्सन साढे दुई वर्षका लागि कालोसूचीमा परेका छन्।कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो ।

कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

यसैगरी रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी. निर्माण सेवा प्रालि पोखरा पनि कालोसूचीमा परेको छ ।

इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् ।

उनीहरुले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालो सूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित