Skip to main content

Khabar Samachar

Search
Close this search box.

मानव तस्करीमा जोडिएका एमाले सांसद लिलाबल्लभ अधिकारी पक्राउ

206
VIEWS

मानव तस्करी प्रकरणमा जोडिएका नेकपा (एमाले) कोशीका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।

अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै छ।

‘उहाँलाई पक्राउ गरिसकिएको छ, काठमाडौं ल्याउँदैछौं,’ प्रहरी स्रोतले भन्यो।

उनलाई पौने २ बजे यति एयरमार्फत काठमाडौं ल्याइँदैछ।

अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।

अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित