Khabar Samachar

Search
Close this search box.

हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो-हल्ला गरेनौं – शेरबहादुर देउवा

204
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन्।

मुद्दा लागेको कुरा अदालती विषय भएको उनले बताए।

आइतबार गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताए । कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो-हल्ला नगरेको उनको भनाइ छ।

विगतमा कांग्रेसकै नेताहरुमाथि मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको देउवाले बताए । ‘हाम्रा साथीहरुलाई मुद्धा चलाइकै हो, हामीले होहल्ला गरेनौं’, उनले भने । लामिछाने पक्राउमा सरकारको पूर्वाग्रह नभएको देउवाले बताए ।

सहकारी ठगीमा दोषी ठहर भए मात्र लामिछानेलाई कारबाही हुने भन्दै उनले अनुसन्धानमा सहयोग गर्न रास्वपालाई आग्रह गरे । देउवाले सरकार ढल्छ भन्ने गलत हल्ला फैलाउन खोजिएको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित