जाजरकोको पूर्वी भेग नलगाड र पश्चिमी क्षेत्र कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका छन्। तीमध्ये चार जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
सोमबार जाजरकोट सदरमुकामबाट नेपालगञ्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
यस्तै बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका थिए। बोलेरो जिप दुर्घटनाका सात जना घाइतेमध्ये चार जना डिस्चार्ज भएका हुन्।
Discussion about this post