गण्डकी प्रदेशका सभा सांसद दिपक मनाङे पक्राउ परेका छन । काठमाडौंबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
‘उहाँलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ल्याउँदैछौं,’ एसपी होविन्द्र बोगटीले भने।
ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।
सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँग उनी पक्राउ परेका हुन् । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन्।
Discussion about this post