Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण

220
VIEWS

काठमाडौँबाट भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको छ । खराब मौसमका कारण भैरहवा विमानस्थल मंगलबार खुल्न सकेको छैन ।

९ एन–एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरातर्फ ‘डाइभर्ट’ भएको हो ।

उक्त विमान केही समयअघि पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी जसुदा पौडेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित