नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।
एनपिएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कबाट एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने भएको हो।
यस्तै एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ। सिद्धार्थ बैंकले पाँच वर्षसम्म टाइटल स्पोन्सर गर्ने सम्झौता गरेको छ। सम्झौता रकम २० करोड छ।
एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दैछ। सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
Discussion about this post