मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । भक्तपुरस्थित निवासबाट मंगलबार पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ल्याइएसँगै उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।
प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम साइबर क्राइममा मुद्दा चलाइने सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।
सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ ।
Discussion about this post