काठमाडौंको एयरपोर्टमा मृत फेला परेका व्यक्तिहरू श्रीमानश्रीमती रहेको खुलेको छ।
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलको चौथो तलाको बरण्डामा आइतबार बिहान साढे ७ बजे दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए।
उनीहरू श्रीमान-श्रीमती रहेको खुलेको छ। प्रहरीले होटलबाट दुवैको पासपोर्ट पनि फेला पारेको छ।
मृत भेटिएकाहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।‘परिवारले छोरा-बुहारी हो भनेर भनेका छन्। उहाँहरू आउँदै हुनुहुन्छ,’ ती अधिकारीले भने।‘उहाँहरू क्यानडाबाट फर्किएको देखियो। छोरा-बुहारीबारे परिवारले पनि दुई वर्षअघि क्यानडामा गएका भनेका छन्,’ उनले भने।
दुबैजना शनिबार मात्रै क्यानडाबाट काठमाडौं आएको पनि ती अधिकारीले बताए।
Discussion about this post