Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा

204
VIEWS

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएका हुन्। पूर्व सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।

गत असार १७ गते सचिवि नियुक्त भए पनि घिमिरे सचिवको जिम्मेवारीमा रमाउन सकेका थिएनन्।

उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो ।

उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित