Skip to main content

Khabar Samachar

Search
Close this search box.

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

210
VIEWS

नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष मनोनीत गरेका छन्।

आइतबार सभापति देउवाले श्रैष्ठलाई कोषाध्यक्ष नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

उनी पूर्व स्वास्थ्य राज्यमन्त्री पनि हुन्।

कांग्रेसको विधानमा कोषाध्यक्ष सभापतिले मनोनयन गर्नसक्ने व्यवस्था छ। सोही विधान अनुरूप आइतबार सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनयन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी  दिए।

श्रेष्ठ कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवासँग राम्रो सम्बन्ध भएका नेता हुन्।

निजी स्कुलका सञ्चालकसमेत रहेका श्रेष्ठलाई गत प्रतिनिधि सभा चुनावमा चितवन-२ बाट कांग्रेसले उम्मेदवार बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित