Khabar Samachar

सामाजिक सञ्जालमा द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेकोमा गृह मन्त्रालयको आपत्ति

202
VIEWS

सरकारले सामाजिक सञ्जालमार्फत सामाजिक सद्‌भाव र सार्वजनिक शान्ति नै खलबलिने अभिव्यक्ति आइरहेको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्‌भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुऱ्याउने घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जोकोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनी रुपमा निषेधित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भन्दै त्यस्तो कार्य नगर्न नगराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिलाई निरूत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको मन्त्रालयले स्मरण गराएको छ ।

साथै मुलुकले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको सन्दर्भमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति मन्त्रालय सदैव सचेत रही उच्च सम्मान गर्दै आएको तथा संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि मन्त्रालय क्रियाशील र प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।

नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको उच्च सम्मान व्यक्त गर्दै गृह मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली-बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध रहेको स्मरण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित