Khabar Samachar

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

202
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुने चीन भ्रमणको क्रममा पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने भएका छन् ।

पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सहकार्य, र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे आफ्ना विचार प्रस्तुत गर्नेछन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा हुन लागेको यस भ्रमणमा प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटघाटहरू, द्विपक्षीय वार्ता, र व्यापार मञ्चहरूमा सहभागिता रहनेछ ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघ को संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ली छ्याङसँगको भेटमा आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ। प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित