दाङमा माइक्रो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
कपलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको माइक्रो बिहान ६ बजे दाङको लमही नगरपालिका-९ च्याउखोलास्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो।
दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका – ३ का ४२ वर्षीया त्रिथी थारु र ६० वर्षीया फूलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक छविराज रोकायाले जानकारी दिए।
दुर्घटनामा १२ जना घाइते भएका छन्। उनीहरुको सबैको अवस्था मध्यम रहेको तथा दाङको लमही अस्पतालमा उपचार जारी छ।























Discussion about this post