रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा कार्यकर्ता डा. निकोलस भुसालले खिचेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेको व्यक्तिको तस्बिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भएको भन्दै सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल छ।
रास्वपाका नेता दीपक बोहराले पनि उक्त तस्बिर फेसबुकमा राखेका छन्।बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न तेर्साए । उक्त तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी थियो ।सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।रविका समर्थकहरुले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेका छन् । तर भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ ।‘भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण उनले दिएका छन् ।
गृहमन्त्री भइसकेको व्यक्ति अहिले यो अवस्थामा पुगेको भनेर वास्तविकता बाहिर ल्याउन मात्र खोजेको उनको भनाइ छ । हिरासतमा कस्तो अवस्थामा बसिराख्नु भएको छ त भनेर बुझाउनका लागि त्यो फोटो खिचेको थिएँ ।साथै उनले बिहीबार फेसबुकमा स्टाटस पोस्ट गर्दै हिरासतमा रहेका भनिएका व्यक्तिको फोटो आफूले खिचेको र गल्ती भएको बताएका छन्।























Discussion about this post