भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्या भएको खुलेको छ ।
सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।
मंगलबार आत्मसमर्पण गर्दै उनले बाबु र भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। उनीसँग थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। मिलन सम्पर्कमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरिरहेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका मिलनले बाबु ५६ वर्षीय कुलप्रसाद आचार्य र भाइ २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या गरेको स्वीकारेका हुन्।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ स्थायी घर भएका उनीहरू बालकोटस्थित फिकाधारा डेरामा बस्दै आएका थिए।
मिलन र उनका भाइ प्रवीण डेरामा बस्ने भए पनि हालै उनका बाबु कुलप्रसाद आचार्य पनि सोही डेरामा आएका थिए। कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुखसमेत थिए। उनी काम र छोराहरू भेट्न भक्तपुर आएका थिए।
गत शनिबार उनीहरू डेरामा खाना खाएर सुतेका थिए। तर सोमबार बिहानसम्म पनि डेराको ढोकामा बाहिरबाट लगाएको ताला नखुलेपछि भुइँ तलामै डेरामा बस्नेहरूले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी आएर हेर्दा बाबु र भाइको बेग्लाबेग्लै कोठामा शव फेला परेको थियो भने जेठा छोरा मिलन डेरामा थिएनन्। उनी शनिबार राति नै डेरा बाहिर निस्केको सिसिटिभी फुटेजमा देखिएको थियो।
































Discussion about this post