आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको नेपाली राजदूतावास, बैंककले जनाएको छ ।
‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ,’ दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब सुविधा दिने प्रलोभन देखाई नेपालीहरूलाई म्यान्मारको कायिन प्रान्तको मेवाडी पु¥याएर जबरजस्ती अवैध काममा लगाउने गरिएको छ । त्यसैले सोमबार मात्रै परराष्ट्र मन्त्रालयले भ्रमपूर्ण विज्ञापन र आश्वासनमा नफस्न अनुरोध गर्दै ट्राभल एडभाइजरी जारी गरेको थियो ।
























Discussion about this post