Skip to main content

Khabar Samachar

Search
Close this search box.

चलचित्र ‘एक्टर : टेक वान’ रिलिज गर्ने बाटो खुल्यो

214
VIEWS

‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबीच नामलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भएको छ । विहीबार दिउँसो आफूहरूबीच आन्तरिक सहमति जुटेको ‘एक्टर : टेक वन’का निर्माता मोती कार्कीले बताए ।

दुबै फिल्मका निर्माताबीच लिखित समझदारी भएको छ । जसमा ‘एक्टर’का निर्माताले अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने सहमति जुटेको उल्लेख छ । ‘हामीहरूबीच आन्तरिक सहमति भएको छ’ निर्माता कार्कीले भने ।

कुन बुँदामा सहमति भएको उनले खुलाएनन् । सहमतिपछि दुबै निर्माताले वक्तव्य जारी गर्दै आजैको मितिदेखि फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई आग्रह गरेका छन् । ‘आजैदेखि हल खुलाउने हाम्रो प्रयास हुनेछ’ कार्कीले भने ।

सहमतिपत्रमा ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा, ‘एक्टर : टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको तर्फबाट मोती कार्कीले हस्ताक्षर गरेका छन् । सहमतिपछि ‘एक्टर : टेक वन’ रिलिज हुने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित