Khabar Samachar

नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसीसी) बैकद्घारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

205
VIEWS

नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिकबिध्यालय परिसरमाभएको यस कार्यक्रममा बैकका चौतार शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बचतको महत्व,बचत गरेको रकम बैकमा खाता खोलीजम्मागर्नु पर्ने। ऋण लिने कारणहरु,साना ठूला जुनसुकै प्रकारको ब्यवसायगर्न बैकबाट सहुलियतब्याजदरमाकर्जा लिने, बीमा,पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पतीशुध्दिकरण र बिद्युतीयकारोवार सम्बन्धीजानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैककाभुपु कार्यकारी निर्देशकलक्ष्मीप्रपन्ननिरौलाले आफ्नो प्रस्तुतिमार्फत प्रष्ट पानर्् भयो ।
दोस्रो सत्रमा सोही बैककामार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमातर्फ अग्रसर बन्नु पर्ने कुरामाजोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धीजानकारी गराउनू भयो ।

सयजनाभन्दा बढीको उपस्थिति रहेको यस साक्षरताकार्यक्रममामहिलाहरु उल्लेख्य सहभागिभएकाथिए । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायतथुप्रै कुरामाजानकारी दिएकोमाखुशीव्यक्त गरेकाथिए । कार्यक्रमको अन्तमाकार्यक्रमका सभापतितथा बैंककाप्रबन्धकश्री गिरीले अहिले चौतारा शाखाले १० हजार औषधिबिमा सुबिधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताहरुको हितमाकार्य गर्ने अग्रणी बैंक रहेको बताउनु भयो । त्यसै गरी नेपाल राष्ट्र बैंको निर्देशनबमोजिम बैंक ग्राहकहित संरक्षण गर्न प्रतिबध्द रहेको कुरामाथप प्रष्ट पार्दै वहाँले सहभागिहरुलाई धन्यवादगर्नुभएको हो । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्नभएको उक्तकार्यक्रम संसथाकाप्रबन्धनिर्देशकश्री टेकनाथपोखरेलले संचालनगर्नु भएको थियो ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवाप्रदानगर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आमनागरिककामाझविश्वासिलो बैकिङ्ग सेवाप्रवाहगर्नुका साथै सामाजिककार्यहरुमापनि सक्रीय रुपमा सहभागीहुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित