Khabar Samachar

Search
Close this search box.

सरकारविरुद्ध मोर्चा बनाएका होइनौं – मधेशकेन्द्रित आठ दल

210
VIEWS

मधेशकेन्द्रित आठ राजनीतिक दलले आफूहरूले बनाएको मोर्चा सरकारविरुद्ध नभएको बताएका छन् ।

सोमबार बसेको आठ दलीय कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानीमा नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले यस्तो बताएका हुन् ।

‘धेरैलाई यहाँ सरकारविरुद्धको बैठक भनेर धेरै अभिव्यक्ति आइरहेका छन् । त्यस्तो होइन,’ उनले भने ।

समान मुद्दा भएका दलहरूले संसद् र सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको उनले दाबी गरे ।

‘समान मुद्दा भएका राजनीतिक दलहरूको आठ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ । यसले विशेषतः समान मुद्दालाई संसद् र सरकारसमक्ष कसरी उठाउने भनेर बनेको कार्यदलले विगतमा भइआएका घटनालाई राज्यले हेर्ने दृष्टिकोण, अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा आजको बैठकमा छलफल भयो,’ चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित