Khabar Samachar

Search
Close this search box.

बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

228
VIEWS

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका छन् ।

हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका हुन् ।ट्रम्पले हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका हुन्।

ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यको लागि आफ्नो तर्फबाट हमासलाई समयसीमा दिएका छन्। ‘जहाँसम्म मेरो कुरा छ, यदि शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने, म भन्छु, यसलाई (सम्झौता) रद्द गर्नुहोस्,’ उनले ओभल अफिसमा भने, ‘अब सबै बाटोहरू बन्द गरिनुपर्छ, र विनाश सिर्जना गरिनुपर्छ। मलाई लाग्छ यो पर्याप्त समय हो।’

ट्रम्पले शनिबार दिउँसो १२ बजेको बारेमा कुरा गरिरहेका थिए कि मध्यरात १२ बजेको बारेमा भन्ने चाहिँ अझै स्पष्ट छैन। यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि स्पष्ट छैन।

ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिने आशा व्यक्त गरेका छन् । यदि यस्तो भएन भने भन्ने उनको भनाइको अर्थ के हो भनेर बीबीसीले राष्ट्रपति ट्रम्पलाई सोध्दा उनले जवाफ दिए, ‘तपाईंले थाहा पाउनुहुनेछ, र तिनीहरूले पनि थाहा पाउनेछन्। हमासले मेरो भनाईको मतलब के हो भनेर बुझ्नेछ।’

उनले ‘यो मेरो समयसीमा हो’ भनेर स्पष्ट पार्दै आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई उल्लेख गरेनन्।

हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषयमा इजरायलको तर्फबाट भने प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित