Skip to main content

Khabar Samachar

Search
Close this search box.

पोखरामा भएको बेलुन विस्फोट छानबिन गर्न समिति गठन

210
VIEWS

‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा शनिबार भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न सरकारले आठ सदस्यीय समिति गठन गरेको छ।

गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव छन्।

साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञसमेत हुनेछन्।

समितिले बेलुन विस्फोट घटना के कसरी भयो भन्ने विषयमा आइतबारदेखि नै छानबिन थाल्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित