Skip to main content

Khabar Samachar

Search
Close this search box.

स्टिभ स्मिथले एक दिवसीय क्रिकेटबाट लिए सन्न्यास

207
VIEWS

अष्ट्रेलियाका लिजेन्ड ब्याट्सम्यान स्टिभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग अष्ट्रेलियाले हार व्यहोरेलगत्तै उनले सन्न्यासको घोषणा गरेका हुन् ।

च्याम्पियन्स ट्रफीमा नियमित कप्तान प्याट कुमिन्सको अनुपस्थिति स्मिथले अष्ट्रेलियाको कप्तानी गरेका थिए । तर, उपाधि दावेदार अष्ट्रेलियाले फाइनलसम्मको यात्रा तय गर्न सकेन ।

३५ वर्षीय स्मिथले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट १७० वटा एकदिवसीय म्याच खेलेका छन् । उनले ४३.२८ को औसतमा कुल ५ हजार ८ सय रन जोड्दा १२ शतक र ३५ अर्धशतक जोडे ।

सन् २०१० मा वेस्ट इन्डिजविरुद्धको म्याचमा स्मिथले एक दिवसीय डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित