सडक दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कैलालीको धनगढी रंगशालामा राखिएको छ।
प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्नका लागि दिवगत मन्त्री सिंहको शव बुधबार बिहान धनगढी रंगशालामा राखेको हो।
मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेश सभा सदस्य तथा सर्वसाधारणले धनगढी रंगशालामा दिवगत मन्त्री सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरे।
राजकीय सम्मानसहित मन्त्री सिंहको शरीरमाथि श्रद्धाञ्जली अर्पण गरिएको हो।
धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका सिंहको शव गृहजिल्ला बझाङ लगिनेछ।
Discussion about this post