Khabar Samachar

Search
Close this search box.

कुलमान घिसिङबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

213
VIEWS

प्रतिनिधिसभाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ मागेका थिए । यो विषयमा रुलिङ गर्न सभामुखसँग आग्रह गरेका थिए ।

संसद्‌मा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यसम्पादनमा दिएको अङ्कप्रति विरोध जनाएका हुन् । “सरकारले आफ्नो मूल्याङ्कन नहेर्ने तर प्राधिकरणलाई नाफामा लैजानेलाई शून्य अङ्क दिने विषयको हामी विरोध गर्दछौँ । यस विषयमा सभामुखसँग सरकारलाई रूलिङ्को माग पनि गर्दछौँ,” उनले भने ।

उनले भने, ‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय अन्य माननीयहरूले शून्य विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा ‍२०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु।’

विपक्षी दलहरूको आवाज उठाएपछि सभामुख देवराज घिमिरेले कुलमानबारे सदनलाई जानकारी गराउन रुलिङ गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित