Khabar Samachar

Search
Close this search box.

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

216
VIEWS

न्युजिल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१२ रन जोड्यो।

उसका लागि भान डेर डुसेनले ६६ बलमा ६९ रन र डेभिड मिल्लरले ६७ बलमा नटआउट १०० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङमा न्युजिल्यान्डका मिचेल सान्टनरले ३ विकेट लिए भने म्याट हेनरी र  ग्लेन फिलिप्सले २-२ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रन जोड्यो।

न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियमसनले शतक प्रहार गरे। ओपनिङ ब्याटर रचिनले १०१ बलमा १३ चौका र १ छक्काको मद्दतमा १०८ रन बनाए।

विलियमसनले ९४ बलमा १० चौका र २ छक्का प्रहार गर्दै १०२ रन बनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित