चितवनमा भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणा शुरू गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पूर्जा वितरण शुरू गरेको हो । आयोग बनेपछि पहिलोपटक पूर्जा वितरण गरिएको जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपालिकाका १२३ घरपरिवारलाई पूर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानूनको व्यवस्था गर्ने बताए ।
Discussion about this post