Skip to main content

Khabar Samachar

Search
Close this search box.

चितवनमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण शुरू

201
VIEWS

चितवनमा भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणा शुरू गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पूर्जा वितरण शुरू गरेको हो । आयोग बनेपछि पहिलोपटक पूर्जा वितरण गरिएको जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपालिकाका १२३ घरपरिवारलाई पूर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानूनको व्यवस्था गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित