Skip to main content

Khabar Samachar

Search
Close this search box.

गणेश थापालाई कारबाही गर्न अख्तियारमा पत्राचार गर्ने एन्फाको निर्णय

207
VIEWS

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबलको प्रशासनिक निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने निर्णय गरेको छ।

सोमबार र मंगलबार दुई दिन चलेको एन्फा बैठकले फिफाबाट प्रतिबन्धित थापाले फिफाको निर्देशन उल्लङघन गरेको र अरु गतिविधि गरेको भन्दै अख्तियारसहित विभिन्न निकायमा कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको हो।

‘संघका पदाधिकारीहरूको विशेष प्रस्तावमा फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानबिन गरि कारबाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने निर्णय गरियो,’ एन्फाले सार्वजनिक गरेको निर्णयमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित