Skip to main content

Khabar Samachar

Search
Close this search box.

आईपीएलमा कोलकाताको पाहिलो जित

202
VIEWS

इण्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले जित निकालेको छ।

उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरूसँग पराजित भएको कोलकाताले दोस्रो खेलमा राजस्थानलाई हराएर आफ्नो पहिलो जित दर्ता गरेको हो।

गएराति गुवाहटीस्थित बर्सापारा क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाताले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो।

राजस्थानले दिएको १५२ रनको लक्ष्य १७.३ ओभरमा २ विकेटमात्रै गुमाएर भेट्टायो। त्यसक्रममा ओपनर क्वीन्टन डिककले अविजित ९७ रन बनाए। उनले ६१ बलमा८ चौका र ६ छक्का हाने।

त्यस्तै अंक्रिश रघुवंशीले १७ बलमा २ चौका प्रहार गरी २२ रन बनाएर अविजित रहे। कप्तान अजिंक्य रहानेले १८ रनको योगदान गरे। ओपनर मोइन अली ५ रनमात्रै बनाएर आउट भए।

बलिङतर्फ वानिन्डु हसरंगाले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थाननले ९ विकेट गुमाएर १५१ रन मात्रै बनाउन सक्यो।

राजस्थानका लागि ध्रुब जुरेलले सर्वाधिक ३३ रन बनाए।  ओपनर यशश्वी जयसवालले २९ रन, कप्तान रियान परागले २५ रन, जोफ्रा आर्चरले १६ र सन्जु सामसनले १३ रन बनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित