Skip to main content

Khabar Samachar

Search
Close this search box.

चेल्सीद्वारा टोटनहमविरुद्ध १–० को कठिन जित

202
VIEWS

इन्जो फार्नान्डेजले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बनेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहमविरुद्ध १–० को कठिन जित निकालेको छ ।

बिहीबार राति घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा चेल्सीका निम्ति अर्जेन्टिनी मिडफिल्डर फर्नान्डेजले ५०औँ मिनेटमा गोल गरेका थिए । उनले कोल पाल्मरको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए । यही गोल निर्णायक बन्दा चेल्सीले तीन अंक पक्का गरेको हो ।

निकै तानवपूर्ण बनेको यो खेलमा कुल १० पहेँलो कार्ड देखाइएको थियो । दुवै टिमका समान पाँच खेलाडीले पहेँलो कार्ड पाएका थिए । दुई गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भार)ले अस्वीकृत गरेको थियो ।

खेलको ५६औँ मिनेटमा चेल्सीका मोइसेस काइसेडोले उत्कृष्ट भली गोल गरेका थिए । तर, भार जाँचपछि लेभी कोलविल अफसाइडमा देखिएकाले त्यो गोलले मान्यता पाएन ।

टोटनहमका वैकल्पिक खेलाडी पापे सारले ७१औँ मिनेटमा लामो दूरीबाट गोल गरे । तर, उनले त्यो मुभभन्दा आगाडि नै काइसेडोलाई फउल गरेको देखिएपछि भाारले त्यसलाई मान्यता दिएन ।

जितसँगै ३० खेलबाट ५२ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट ३४ अंकका साथ १४औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित