Skip to main content

Khabar Samachar

Search
Close this search box.

अफगानिस्तानसँग नेपाल १३० रनले पराजित

205
VIEWS

नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यू१९ टोलीसँग पराजित भएको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भएको हो। जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलाको अभ्यास खेलमा १–० को अग्रता बनाएको छ।

अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १७० रनमा समेटियो। नेपालका लागि ओपनर नीरजकुमार यादवले ६१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने सन्तोष यादवले ३९ बलमा १ चौकाको सहयोगमा २४ रन बनाए। त्यस्तै, अशोक धामीले २४, अभिषेक तिवारीले १७ तथा कप्तान नरेन भट्टले १३ रन जोडे।

नेपाललाई १७० रनमा समेट्नेक्रममा अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जियाउल्लाह शाहीदी र मेहबुब खानले समान २/२ विकेट लिए। त्यस्तै, अब्दुल अजिज, नोरिस्तानि उमजाईं र नजिफुल्लाह अमिरिले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनाएको थियो। अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए। उनले ८८ बलमा ९ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन्। त्यसैगरी खालिद अहमदजाईले १०७ बलमा ६ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए।

नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले २ तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान १/१ विकेट लिए। नेपाल र अफगानिस्तान यू१९ पुरुष विश्वकपको एशिया छनोटको तयारीमा छन्। जसअन्तर्गत छनोटअघि दुवै टोलीले तीन खेलको अभ्यास शृंखला खेल्न लागेका हुन्। अब उक्त शृंखलाको दोस्रो खेल यही चैत २४ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित