नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ ।
वरिष्ठ केन्द्रीय सदस्यहरूलाई पनि प्रदेशको सहइञ्चार्ज बनाएर मानमर्दन गरिएको भन्दै माओवादीभित्र असन्तोष थियो। आइतबार केन्द्रीय सदस्यहरूलाई महासचिव देव गुरूङले आठ बुँदे सर्कुलर पठाउँदै सबै सहइञ्चार्जहरू हटाएको जानकारी दिएका हुन्।
‘हिजो साँझतिर सर्कुलर प्राप्त भएको छ,’ माओवादी कोशी प्रदेश कमिटी (माओवादीले प्रदेश १ कमिटी भन्ने गरेको छ) का सहइञ्चार्ज सावित्रीकुमार काफ्लेले सेतोपाटीसँग भने, ‘सर्कुलरमा सबै प्रदेशका सहइन्चार्जहरू हटाइएको उल्लेख छ।’
चैत १८ र १९ मा बसेको पदाधिकारी बैठकले सहइञ्चार्जहरू हटाउने निर्णय गरेको र सोही निर्णय सर्कुलरमार्फत आफूहरूले पाएको उनले जानकारी दिए।
चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।




















Discussion about this post