Khabar Samachar

Search
Close this search box.

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई कारबाही

201
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दुर्व्यवहार  गर्ने तीन प्रहरीलाई कारबाही गरिएको छ । दुबईबाट फर्किएका एक युवकलाई दुर्व्यवहार  गरेकाे आराेपमा विमानस्थलबाट ३ जना प्रहरीलाई हटाइएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको जनाएको छ।

उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।

दूबईबाट ३१ चैतमा काठमाडौँ आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए।
उनीमाथि प्रहरीले गरेको दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

१० दिनको बिदामा काठमाडौँ आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौच गरेका ओझाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित