अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापाको १० बर्षको प्रतिवन्ध फुकूवा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकूवा भएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।
फिफाले २०७२ मा एन्फाका तत्कालीन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो । भ्रष्टाचार र घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको भन्दै थापालाई फिफाले प्रतिबन्ध गरेको हो । सो प्रतिबन्ध अप्रिल १५ मा सकिएको हो ।
थापाले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध सकिएको जनाएका छन् । ‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु। फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले लेखेका छन् ।
Discussion about this post