Khabar Samachar

Search
Close this search box.

एन्फाका पूर्वअध्यक्ष गणेश थापाको १० वर्ष प्रतिबन्ध फुकूवा

201
VIEWS

अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापाको १० बर्षको प्रतिवन्ध फुकूवा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकूवा भएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।

फिफाले २०७२ मा एन्फाका तत्कालीन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो । भ्रष्टाचार र घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको भन्दै थापालाई फिफाले प्रतिबन्ध गरेको हो । सो प्रतिबन्ध अप्रिल १५ मा सकिएको हो ।

थापाले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध सकिएको जनाएका छन् । ‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु। फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित