गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिएका छन् । बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए ।
विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ । जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय प्रमुख केसीले जानकारी दिए । मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, अराइभल र डिपार्चर कसरी गर्ने तयारी भएको छ, त्यसबारे जानकारी लिए ।
विमानस्थलमा जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ।
अध्यागमन कार्यालयका प्रमुख केसीका अनुसार जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको छ।
Discussion about this post