Skip to main content

Khabar Samachar

Search
Close this search box.

रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

202
VIEWS

भारतीय ब्याट्सम्यान रोहित शर्माले बुधबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले यो जानकारी आफ्नो इन्स्टाग्राममार्फत दिएका हुन्।

यद्यपि, रोहित एकदिवसीय ढाँचामा भारतीय टोलीबाट खेलिरहनेछन्।

इन्स्टाग्राममा सेयर गरिएको स्टोरीमा रोहितले भनेका छन्, ‘म केवल यो भन्न चाहन्छु कि म टेस्ट क्रिकेटबाट सन्न्यास लिइरहेको छु, सेतो जर्सीमा मेरो देशको प्रतिनिधित्व गर्नु मेरा लागि ठूलो सम्मानको कुरा थियो।’

उनले अगाडि लेखेका छन्, ‘वर्षौंदेखि मैले पाएको माया र समर्थनका लागि सबैलाई धन्यवाद। म भारतका लागि एकदिवसीय ढाँचामा खेलिरहनेछु।’

रोहितले २०२४ को टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित