राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको हो।
पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसहित ५ जना र खरिदमा संलग्न कम्पनीले गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी/जीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र तीन वर्सेको वारेन्टीसहित अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको अख्तियारको दाबी छ।
प्रतिवादीले आफूलाई गैरकानूनी लाभ पुर्याउने तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पुर्याउने बदनीयतले ५ करोड ५९ लाख बरावरको रकम बढी भुक्तानी लिई दिई कसूरजन्य कार्य गरे गराएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार पौडेलसँगै केन्द्रका तत्कालिन निर्देशक रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनलन प्राली पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनलाई पनि ५ करोड ७९ लाख बराबरकै जनही विगो दाबी सहित मुद्दा दायर भएको छ ।
























Discussion about this post