Khabar Samachar

Search
Close this search box.

प्रतिनिधिसभाको बैठक स्थगित

204
VIEWS

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक अघा घण्टा स्थगित गरेका हुन्।

गृहमन्त्री रमेश लेखक समेत भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै उनले राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने विपक्षी दलहरुको माग छ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा र राप्रपाका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा मागेका हुन्।

माओवादीका सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरण आएकोले गृहमन्त्री लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताए।

गृहमन्त्रीले मार्गप्रशस्त नगरेसम्म संसदको नियमित प्रक्रिया अघि नबढ्ने उनको भनाइ छ।

रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र यसबारे छानबिन आयोग गठन गरिनुपर्ने माग राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित