Khabar Samachar

प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार यज्ञ बहादुर बुढा पक्राउ

204
VIEWS

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।

‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि बुढालाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम रहेको छ । बुढामाथि विद्युतीय करोबार ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

पक्राउ परेका बुढा माओवादी त्यागेर तुलसीपुरबाट एक अनलाइन सन्चालन गर्दै आएका छन् । यसअघि यौन हिंसा पीडित राउटे युवतीको पहिचान सहितको तस्वीर र भिडियो आफ्नो युटुब च्यानल र अनलाइनबाट सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ । प्रचण्डसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि दाङ आउन लागेपछि प्रहरीले जिल्लाको सुरक्षा अवस्था कडा पारेको छ । चुनावी आमसभा स्थल शहीद मञ्च र त्यस आसपासका क्षेत्रमा प्रहरीहरुको तैनाथी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित