Khabar Samachar

Search
Close this search box.

दीपक मनाङे ६ वर्षसम्म चुनाव लड्न नपाउने

202
VIEWS

ज्यान मार्ने उद्योगसम्बन्धी अपराधमा पाँच वर्षको कैद भुक्तान गरिरहेका दीपक मनाङे भनिने राजीव गुरुङ कैदबाट निस्केपछि पनि थप ६ वर्षसम्म चुनाव लड्न नपाउने भएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै एक फैसलामा यस्तो व्याख्या गरेको हो।

यसअघि दुईपटक मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका मनाङे हाल डिल्लीबजार कारागारमा छन्। सर्वोच्च अदालतको निर्णयले नै उनी सांसद पदबाट मुक्त भइसकेका छन्। अब उनले कैद भुक्तान गरी रिहा भएको दिनबाट लागू हुने गरी ६ वर्षसम्म चुनाव लड्न नपाउने व्याख्या सर्वोच्चले नै गरिदिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित