Khabar Samachar

Search
Close this search box.

साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा राजनले जिते रजत

201
VIEWS

भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक राजन रोकाएले रजत पदक जितेका छन् ।

उनले पुरुष १०००० मिटर दौडमा रजत जितेका हुन् । राजनले निर्धारित दूरी ३० मिनेट ३९:१५ मिनेटमा पूरा गरे । यस स्पर्धामा भारतका अभिषेकले स्वर्ण जित्दा भारतकै प्रिन्स कुमारले कांस्य जिते । अभिषेकले ३० मिनेट २९:४५ सेकेण्डमा दूरी गरे । यस्तै प्रिन्स कुमारले ३१ मिनेट १७:३७ सेकेण्डमा दौड पूरा गरे ।

जारी च्याम्पियनसिपमा नेपालको यो दोस्रो रजत पदक हो । यसअघि सोम बहादुर कुमालले पुरुष ८०० मिटरमा रजत जितेका थिए । त्यसपघि पहिलो दिन नेपालले तीन कांस्य पदक जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित