Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

205
VIEWS

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ गरेको छ।

ट्रस्टको नाममा दर्ता जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा कार्कीलाई पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

कार्की सेवा निवृत्त भइसकेका व्यक्ति हुन्।

यसअघि प्रहरीले कात्तिक २१ गते तत्कालीन सहसचिव लेखबहादुर काकीलाई पक्राउ गरेको थियो।

अनुसन्धान हुँदै जाँदा ठगी तथा आपराधिक विश्वासघात कसुरमा अर्जुनकुमार कार्कीको समेत संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो।

दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता  भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित