शिक्षा मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीबाट उठाइएका शुल्क फिर्ता गर्न निर्देशन दिएको छ।
बुधबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी गर्दै गैरकानुनी रूपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्दशन दिएका हुन्।
यस निर्देशनको पालना नगर्नेलाई कारबाही प्रक्रिया अघि बढाइने पनि चेतावनी दिएको छ।
‘कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १६घ (७) को प्रावधान तथा अन्य प्रचलित कानुन बमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूबाट आवश्यक समन्वय हुन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।
त्यस्तै, शुल्कसम्बन्धी गुनासो सम्बोधन गर्न सहायता कक्ष समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ।































Discussion about this post