Skip to main content

Khabar Samachar

Search
Close this search box.

युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्ने महिला राष्ट्रिय टोलीको घोषणा

212
VIEWS

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा युगान्डाविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।

टोलीमा रुबिना क्षेत्रीसहित सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी,ममता चौधरी,अश्मिना कर्माचार्य,सुमन खतिवडा,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई,बिन्दु रावल,इश्वरी विष्ट,डोली भट्ट,हिरणमायी रोय र ऋतु कनोजिया रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित