सुर्खेत– नेकपा माओवादी केन्द्रले हुम्लाको ताँजाकोट गाउँपालिकाका २ वटा वडामा वडाध्यक्ष जितेको छ। ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।
ताँजाकोट १ मा माओवादी केन्द्रका उम्मेदवार मोहनलाल रिठाल २२३ मत ल्याएर विजयी भएका छन्। रिठालका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रत्नलाल खड्काले ११९ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार हिक्मत जङ्ग खड्काले ७५ मत ल्याए।
वडा नम्बर १ को सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवारहरु विजयी भएका छन्। सदस्य खुलामा मनलाल खड्का, गौरी खड्का, महिला सदस्यमा छमका खड्का र दलित महिला सदस्यमा अमनी सुनार निर्वाचित भइन्।
यस्तै, वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका मंगल नेपाली ३०६ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका रत्नलाल बुढाले ११४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार अस कामीले २३ र नेकपा माओवादी समाजवादी पार्टीका उम्मेदवार कर्ण विर बुढाले ३ मत प्राप्त गरे।
वडा नम्बर ५ को सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवारहरु विजयी भए। खुला सदस्यमा मणी रोकाया र खड्के ऐडी, महिला सदस्यमा छमका खड्का तथा दलित महिला सदस्यमा आपसरी कामी विजयी भएका छन्।
Discussion about this post